Section 11
चन्दाको सङ्कलन :

यस ऐन बमोजिम चन्दा उठाउने व्यक्तिले चन्दा उठाउँदा चन्दा दाताले दिएको चन्दाको रकमको अङ्क, अक्षर वा नाप, तौल आवश्यकता अनुसार स्पष्ट खुलाई तीन प्रति रसीदमा लेखी दस्तखत गर्नुपर्छ । तर सीसाकलम वा अरु उड्ने मसीबाट लेख्न र दस्तखत गर्नु हुँदैन ।